एकैदिन तोलामा २ हजार ९०० रुपैयाँले वृद्धि, चाँदी पनि महँगियो
नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले बढेको छ। अघिल्लो दिन तोलामा २ लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार बढेर तोलामा २ लाख ४१ हजार ५०० रुपैयाँ पुगेको हो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आइतबार तोलामा ३ हजार १५ रुपैयाँमा रहेको चाँदी सोमबार तोलामा ३ हजार ६५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा बढ्दो मूल्य र विनिमय दरको असरले नेपाली बजारमा सुन–चाँदी दुवैको मूल्यमा वृद्धि भएको हो।



तपाईको प्रतिक्रिया दिनुहोस