Techie IT
२०८२ चैत्र १५, आइतबार

पहिलो त्रैमासमा रेमिट्यान्स ३५ प्रतिशतले बढ्दा पनि व्यापार घाटा बढ्यो


चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालमा विप्रेषण आप्रवाह (रेमिट्यान्स)मा ३५.४ प्रतिशत वृद्धि देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार, सो अवधिमा पाँच खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ बराबरको विप्रेषण स्वदेश भित्रिएको छ।

उही समीक्षा अवधिमा कूल वस्तु व्यापार घाटा १२.२ प्रतिशतले वृद्धि भई तीन खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.९ प्रतिशतले बढेर चार खर्ब ८ अर्ब ७७ करोड रुपैयाँ रहेको थियो।

चालु आवको पहिलो महिना (साउन)मा विप्रेषण आप्रवाह २९.९ प्रतिशतले वृद्धि भई एक खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ पुगेको थियो। भदौ महिनामा भने ३३.१ प्रतिशतले वृद्धि भई तीन खर्ब ५२ अर्ब ८ करोड रुपैयाँ पुगेको थियो।

यसै त्रैमासमा चालु खाता दुई खर्ब ३७ अर्ब ५९ करोड रुपैयाँ र शोधनान्तर दुई खर्ब ६४ अर्ब ३ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो आवको सोही अवधिमा चालु खाता एक खर्ब १५ अर्ब ३६ करोड रुपैयाँ र शोधनान्तर एक खर्ब ८४ अर्ब ९९ करोड रुपैयाँले बचतमा थियो।

वस्तु व्यापारमा पनि वृद्धि देखिएको छ। चालु आवको पहिलो तीन महिनामा कूल वस्तु निर्यात ८९.६ प्रतिशतले बढेर ७२ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा वस्तु आयात १९.८ प्रतिशतले वृद्धि भई चार खर्ब ६८ अर्ब ८ करोड रुपैयाँ कायम भएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट