एनपीएल सिजन लक्षित गर्दै सामसङ नेपालको टेलिभिजनमा आकर्षक अफर
सामसङ नेपालले नेपाल प्रिमियर लिग (एनपीएल) सिजनलाई लक्षित गर्दै आफ्ना विभिन्न श्रेणीका टेलिभिजनमा विशेष अफर सार्वजनिक गरेको छ।
अफरअन्तर्गत ग्राहकहरूले ३३ प्रतिशतसम्म क्यासब्याक र ७ हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। अफर नोभेम्बर २१ देखि डिसेम्बर ३१ सम्म देशभरका सामसङका अधिकृत बिक्रेता स्टोरहरूमा उपलब्ध हुनेछ।
यस अफरमा प्रिमियम क्यूएलईडीदेखि एचडी टेलिभिजनसम्मका मोडेल समावेश गरिएको छ। क्यूएलईडीका ५५ इन्चदेखि ८५ इन्चका मोडेलमा १९ प्रतिशतसम्म छुट र ७ हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस मिल्नेछ। त्यस्तै यूएचडी श्रेणीका ४३ इन्चदेखि ८५ इन्चका टेलिभिजनमा २१ प्रतिशत छुट र ४ हजार रुपैयाँसम्म बोनस उपलब्ध छ। एफएचडी ४३ इन्च टेलिभिजनमा ३३ प्रतिशतसम्म तथा एचडी ३२ इन्च टेलिभिजनमा २१ प्रतिशतसम्म छुट व्यवस्था गरिएको सामसङ नेपालले जनाएको छ।
कम्पनीका अनुसार सामसङका टेलिभिजनहरूले ८५ इन्चसम्मका ठूला स्क्रिन, उच्च पिक्चर गुणस्तर तथा उन्नत स्मार्ट सुविधासहित खेलकुद प्रतियोगिता विशेषगरी एनपीएलका खेलहरू अझै स्पष्ट र मनोहर रूपमा हेर्न सकिने सुविधा प्रदान गर्छन्।
सामसङले टी, ए, बी, सी, डी र एफ सिरिजका टेलिभिजनमा ३ वर्षसम्मको पूर्ण वारेन्टीको व्यवस्था गरेको छ। त्यसैगरी ग्राहकहरूले हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टाफाइनान्स सेवामार्फत ० प्रतिशत ब्याजदरमा सजिलो किस्तामा होम अप्लायन्स खरिद गर्न सक्नेछन्। यसका लागि नागरिकता प्रमाणपत्र मात्र आवश्यक पर्ने कम्पनीले जनाएको छ।
साथै पुराना उपकरणहरू आर्को स्टोर वा अधिकृत सामसङ रिटेल स्टोरहरूमा सिधै एक्सचेन्ज गर्न सकिने सुविधा पनि उपलब्ध छ। सामसङ नेपालले एनपीएल सिजनलाई लक्षित गर्दै ल्याएको यो अफरले बजारमा उत्साह थपिने विश्वास व्यक्त गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस