Techie IT
२०८२ चैत्र १, आइतबार

पाल्पा सिमेन्टले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्ने


पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले पुस २५ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ खुला गर्ने योजना बनाएको हो।

कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ। यसमा जारी पूँजीको ५ प्रतिशत अर्थात १८ करोड ७५ लाख रुपैयाँबराबरको १८ लाख ७५ हजार कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरूका लागि छुट्याइएको छ। सो शेयर पश्चिम नवलपसारी (साविक नवलपरासी जिल्ला) र पाल्पा जिल्लाका खानी क्षेत्रका स्थानिय बासिन्दाहरूले आवेदन दिन सक्नेछन्।

सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको शेयरको १० प्रतिशत अर्थात ५ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको ५ लाख ६२ हजार ५०० कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन हुनेछन्। यसका लागि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त छ।

आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिनेछ भने अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि आवेदन खुला माघ ९ गतेसम्म रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आवेदन पुस ३० गतेदेखि माघ ९ गतेसम्म खुला रहनेछ।

आईपीओ निष्काशनका लागि इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई आईआरएन डबल बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको नेट प्रिजेन्ट भ्यालु १२ अर्ब ९९ करोड ८७ लाख रुपैयाँ रहेको छ भने इन्टरनल रेट अफ रिटर्न १३.७८५% छ। साधारण लगानी फिर्ता हुने अवधि ६ वर्ष ८ महिना रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि ९ वर्ष १२ महिना छ।

कम्पनीको उद्योगको कुल क्षेत्रफल १० बिघा १३ कठ्ठा १२ धुर र खानीको खुला क्षेत्रफल १७२ रोपनी ११ आना ३ पैसा १ दाम रहेको छ। कम्पनीले २०७६ बैशाखदेखि क्लिंकर र २०७७ बैशाखदेखि सिमेन्ट उत्पादन गर्दै आएको छ। दैनिक उत्पादन क्षमता क्लिंकर १,८०० मेट्रिक टन र सिमेन्ट २,२०० मेट्रिक टन रहेको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले नबिल बैंक, प्रभु बैंक र सिद्धार्थ बैंकका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्। आवेदन फाराम शुल्क २ रुपैयाँ रहेको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त C-ASBA सदस्य बैंक तथा वित्तीय संस्थाहरू मार्फत C-ASBA प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट