Techie IT
२०८२ चैत्र १, आइतबार

कोरिया जाने ईपीएस परीक्षार्थीलाई राहत: रोस्टर अवधि थप्ने र कोटा बढाइने


सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहे पनि विभिन्न कारणले हालसम्म अवसर नपाएका व्यक्तिहरूका पक्षमा तीन महत्वपूर्ण निर्णय गरेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार हाल लागू ईपीएस प्रणालीको रोस्टर अवधिका कारण ईपीएस परीक्षा पास गरे पनि रोजगारी प्राप्त गर्न नसकेका उम्मेदवार अवसरबाट वञ्चित भइरहेको अवस्थालाई सम्बोधन गर्न रोस्टरको मान्य अवधि थप गर्ने विषयमा कोरियाली सरकारसमक्ष कूटनीतिक पहल गर्ने निर्णय गरिएको छ।

त्यसैगरी, ईपीएस प्रणालीअन्तर्गत कोरिया जाने रोस्टरमा रहेका व्यक्तिहरूको मागलाई मध्यनजर गर्दै नेपाली कामदारको कोटा वृद्धि गर्न आवश्यक कूटनीतिक पहल गर्ने निर्णय पनि गरिएको छ।

यस्तै, ईपीएस प्रणालीमार्फत कोरिया जान छनोट भई रोस्टरमा रहेका व्यक्तिहरूको व्यक्तिगत विवरण रोजगारदातासमक्ष पठाउने प्रक्रिया लगायतका विषयमा पारदर्शिता र निष्पक्षता कायम गर्न आवश्यक सुझावसहित सिफारिस गर्ने कार्यदल गठन गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ।

यी निर्णयहरू यही पुस १८ गते भएको मन्त्रिस्तरीय निर्णयअनुसार कार्यान्वयनतर्फ अघि बढाइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले जानकारी दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट