Techie IT
२०८२ चैत्र १५, आइतबार

निर्वाचनमा स्वदेशी सामग्री प्राथमिकता दिने आयोगको नीति


निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने नीति लिएको छ। निर्वाचनलाई मितव्ययी र पारदर्शी बनाउँदै स्थानीय उत्पादनको प्रयोग र प्रोत्साहन गर्ने उद्देश्यले आयोगले उक्त निर्णय गरेको हो।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचनका क्रममा कुल ५१ प्रकारका सामग्री प्रयोग गरिनेछ। तीमध्ये ३७ प्रकारका सामग्री प्रदेश र जिल्लास्तरबाट विकेन्द्रीकृत रूपमा खरिद गरी प्रयोग गराउने व्यवस्था गरिएको छ।

केन्द्रस्तरबाट १४ प्रकारका सामग्री खरिद गरिनेछ, जसमा अधिकांश सामग्री ‘जिटुजी’ (सरकार–सरकार) अवधारणाअनुसार साल्ट ट्रेडिङ कम्पनीमार्फत आपूर्ति गरिनेछ। निर्वाचनका लागि जम्मा ६ करोड ७५ लाख रुपैयाँ बराबरको मात्र नयाँ सामग्री खरिद गरिएको र बाँकी सामग्री पुरानै भण्डारण (स्टक) बाट पुनः प्रयोगमा ल्याइने उनले जानकारी दिए।

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवारी मनोनयनपत्र दर्ता, दाबी–विरोध तथा निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रमसमेत सम्पन्न भइसकेको आयोगले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट