Techie IT
२०८२ फागुन २६, मंगलबार

सोमबारको उछाल एकदिन पनि टिकेन, ३२ अंकले घट्यो नेप्से


सोमबार लगातार तीन पटक सकारात्मक सर्किट लागेर बन्द भएको शेयर बजार मंगलबार भने घटेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२.०८ अंकले घटेर २,८४३.३५ विन्दुमा बन्द भएको हो।

आजको कारोबारमा कुल २१ अर्ब ५० करोड २० लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। ७५ कम्पनीको शेयरमूल्य बढ्दा १७८ कम्पनीको घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ।

रिलायन्स स्पिनिङ मिल्स, साल्पा विकास बैंक र थ्रीस्टार हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।

यता हिमस्टार ऊर्जा कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्, जसको शेयरमूल्य ६.३६ प्रतिशतले घटेको छ।

आज सबैभन्दा धेरै कारोबार भने ङादी ग्रुप पावर कम्पनीको भएको छ, जहाँ एक अर्ब ९ करोड ७३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट