Techie IT
२०८३ असार १७, बुधबार

वालेन सरकारलाई इन्धनको झट्का : पेट्रोल २०२ रुपैयाँ पुग्यो, डिजेल पनि महँगियो


नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेसँगै आजबाट पेट्रोलको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। निगमले बिहीबार पेट्रोल तथा डिजेलमा प्रतिलिटर १५ रुपैयाँले मूल्य बढाउने निर्णय गरेको थियो।

निगम सञ्चालक समितिको चैत १९ गतेको निर्णयअनुसार बढेको मूल्य आज बिहान १२ बजेदेखि लागू भइसकेको छ। नयाँ मूल्यसूचीअनुसार काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १७२ रुपैयाँ कायम गरिएको छ।

निगमका अनुसार मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य निरन्तर उकालो लागिरहेको छ। यसकै प्रभावले निगमलाई पाक्षिक रूपमा करिब १३ अर्ब २१ करोड रुपैयाँ घाटा भइरहेको जनाएको छ।

यद्यपि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाइएको भए पनि खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ। प्रतिसिलिन्डर ४१६ रुपैयाँभन्दा बढी घाटा व्यहोर्दै आएको निगमले उपभोक्तालाई केही राहत दिन ग्यासको मूल्य नबढाएको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट