Techie IT
२०८२ चैत्र २०, शुक्रबार

भाडा नबढाए यातायात सेवा बन्द गर्ने यातायात व्यवसायीहरूको चेतावनी


सरकारले पेट्रोलियम पदार्थको मूल्य लगातार बढाए पनि सार्वजनिक यातायातको भाडा समायोजन नगरेको भन्दै यातायात व्यवसायीहरूले सेवा बन्द गर्ने चेतावनी दिएका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भाडा वृद्धि गर्न अन्तिम चेतावनी दिँदै यस्तो जनाएको हो। आयल निगमले छोटो अन्तरालमै तीन पटकसम्म डिजेल र पेट्रोलको मूल्य बढाए पनि सार्वजनिक सवारीको भाडा समायोजन नभएको भन्दै तत्काल निर्णय गर्न माग गरिएको छ।

महासंघले अब पनि भाडा नबढाए देशभर सार्वजनिक यातायात सेवा ठप्प पार्ने वा आफैं भाडादर घोषणा गर्ने निर्णय गर्ने चेतावनी दिएको छ। हवाई इन्धनको मूल्य बढ्नेबित्तिकै हवाई भाडा समायोजन हुने तर लाखौँ सर्वसाधारण जोडिएको सार्वजनिक यातायातमा सरकारले बेवास्ता गरेको उनीहरूको गुनासो छ।

महासंघका महासचिव डेकनाथ गौतमद्वारा जारी विज्ञप्तिमा यातायात व्यवस्था विभागले वैज्ञानिक भाडा समायोजन विधिअनुसार भाडा निर्धारण गर्नुपर्ने माग गरिएको छ। यात्रुवाहक सवारीमा ११.३३ प्रतिशत तथा मालवाहक सवारीमा तराई र पहाडमा क्रमशः ८.८१ र १४.२९ प्रतिशत भाडा वृद्धि सिफारिस भइसके पनि सम्बन्धित मन्त्रालयले निर्णय नगरेको जनाइएको छ।

२०७२ सालदेखि विभिन्न १३ सूचकका आधारमा भाडा समायोजन हुन नसकेको र हाल व्यवसायीहरू दैनिक लाखौँ रुपैयाँ घाटा व्यहोर्न बाध्य भएको विज्ञप्तिमा उल्लेख छ।

महासंघले पटक-पटकको अनुरोधलाई सरकारले बेवास्ता गरेको आरोप लगाउँदै अब घाटा सहेर सेवा दिन नसकिने स्पष्ट पारेको छ। तत्काल भाडा समायोजन नगरे वैज्ञानिक आधारमै स्वतः भाडा वृद्धि गरिने र त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवारी राज्यले लिनुपर्ने चेतावनी पनि दिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट