अब हप्तामा १० पटक काठमाडौं–दिल्ली उडान हुने
नेपाल वायुसेवा निगमले काठमाडौं- दिल्ली- काठमाडौं हवाई उडान संख्या बढाएर सातामा १० पटक पुर्याएको छ। बढ्दो यात्रु चाप र मागलाई ध्यानमा राख्दै निगमले उडान विस्तार गरेको जनाएको छ।
यसअघि आरए २१७ र २१८ नम्बरबाट दैनिक एक उडान मात्रै सञ्चालन हुँदै आएकोमा अब थप तीन उडान सुरु गरिएको हो। नयाँ उडान आरए २०५ र २०६ नम्बरबाट हरेक मंगलबार, बिहीबार र शनिबार सञ्चालन हुनेछ।
निगमका अनुसार काठमाडौंबाट दिल्लीका लागि उडान बिहान ८:१० बजे प्रस्थान गरी ९:५० बजे पुग्नेछ। त्यस्तै, दिल्लीबाट काठमाडौंका लागि उडान बिहान १०:५० बजे उडेर अपराह्न १२:५० बजे काठमाडौं आइपुग्ने तालिका तय गरिएको छ।
उडान विस्तारसँगै यात्रुहरूलाई सहजता मिल्ने र टिकट अभावको समस्या केही हदसम्म समाधान हुने विश्वास निगमले लिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस