Techie IT
२०८३ वैशाख ११, शुक्रबार

अनलाईन ठेक्का प्रणाली नै ह्याक गर्ने गिरोहका दश जना पक्राउ


सरकारी बोलपत्र आह्वानका लागि प्रयोग हुने ‘ई–गभर्मेन्ट प्रोक्युरमेन्ट’ प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको अभियोगमा थप एक जना व्यवसायी पक्राउ परेका छन्। यससँगै उक्त प्रकरणमा पक्राउ पर्नेहरूको संख्या १० पुगेको छ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शुक्रबार चपुर निर्माण सेवा प्रा.लि. का सञ्चालक ३२ वर्षीय अमृत बोहरालाई पक्राउ गरेको हो। टोखा नगरपालिका–४, बानियाटार निवासी बोहरालाई काठमाडौँको शंखमुलबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

सार्वजनिक खरिद अनुगमन कार्यालयको ई–प्रोक्युरमेन्ट प्रणालीमा अनधिकृत रूपमा प्रवेश गरी विभिन्न ठेक्काहरूको आर्थिक प्रस्ताव खोलिनुअघि नै कागजात परिवर्तन गरिएको उजुरीपछि प्रहरीले अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा बोहराले अन्य व्यक्तिहरूसँग मिलेर सरकारी डाटाबेसमा छिरेर बोलपत्रका विवरणहरू आफ्नो पक्षमा मिलाउने गरी हेरफेर गरेको खुलेको सीआईबीको दाबी छ।

यसअघि नै कालिका कन्स्ट्रक्सनका विक्रम पाण्डे र भीषण कन्स्ट्रक्सनका टंककुमार श्रेष्ठसहित अन्य व्यक्तिहरू पक्राउ परिसकेका छन्। 

पक्राउ परेकाहरूमाथि विद्युतीय कारोबार ऐन, २०६३ तथा सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गत मुद्दा चलाउने तयारीसहित थप अनुसन्धान भइरहेको सीआईबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट