Techie IT
२०८३ वैशाख १६, बुधबार

इरानमाथि अमेरिकी दबाबले लगातार ८ दिन तेलको मूल्य वृद्धि


विश्व बजारमा कच्चा तेलको मूल्य लगातार उकालो लागिरहेको छ। इरानी बन्दरगाहहरूमा अमेरिकी नाकाबन्दी लम्बिन सक्ने खबर सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ आठौँ दिन पनि बढेको हो।

अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुड फ्युचर्स ०.४७ प्रतिशतले बढेर प्रति ब्यारेल १११.७८ डलर पुगेको छ। त्यस्तै, अमेरिकी बेञ्चमार्क वेस्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई) ०.५७ प्रतिशतले वृद्धि भई प्रति ब्यारेल १००.०५ डलरमा कारोबार भइरहेको छ।

मंगलबार मात्रै दुवै बेञ्चमार्कको मूल्य ३.७ प्रतिशतले उकालो लागेको थियो। पछिल्ला आठमध्ये सात दिन तेलको मूल्य वृद्धि भएको देखिएको छ, जसले ऊर्जा बजारमा अस्थिरता बढाएको संकेत गरेको छ।

वाल स्ट्रिट जर्नल को रिपोर्टअनुसार अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानी बन्दरगाहहरूमा नाकाबन्दी थप लम्ब्याउने तयारी गर्न निर्देशन दिएका छन्। अमेरिकाले इरानको अर्थतन्त्र र तेल निर्यातमा थप दबाब सिर्जना गर्न बन्दरगाहतर्फ जाने र आउने जहाजहरू नियन्त्रण गर्ने रणनीति अघि बढाएको बताइएको छ।

यस विकाससँगै विश्व ऊर्जा बजारमा तनाव थप चुलिएको छ र आगामी दिनमा तेलको मूल्य अझै बढ्ने संकेत देखिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट