Techie IT
२०८३ वैशाख ३०, बुधबार

सुनको मूल्य प्रतितोला ३ लाख नजिक, चाँदी पनि महँगियो


नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड पछ्याउँदै शुक्रबार फेरि नयाँ उचाइ तय गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँले बढेर २ लाख ९९ हजार ९०० रुपैयाँ पुगेको हो।

यो वृद्धिसँगै सुनको भाउ मनोवैज्ञानिक बिन्दु ३ लाख रुपैयाँको निकै नजिक पुगेको छ। अघिल्लो दिन बिहीबार सुन प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। महासंघले आजका लागि १० ग्राम सुनको मूल्य २ लाख ५७ हजार ११५ रुपैयाँ निर्धारण गरेको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि तीव्र उछाल आएको छ। शुक्रबार चाँदीको मूल्य एकैदिन प्रतितोला १२० रुपैयाँले महँगिएर ५ हजार २७५ रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी प्रतितोला ५ हजार १५५ रुपैयाँमा कारोबार भएको थियो। आज १० ग्राम चाँदीको मूल्य ४ हजार ५२३ रुपैयाँ रहेको छ। अन्तर्राष्ट्रिय बजारमा डलरको मजबुती र सुरक्षित लगानीका रूपमा सुनको माग बढ्दा नेपाली बजारमा त्यसको प्रत्यक्ष असर देखिएको हो।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट