राष्ट्रसेवक कर्मचारीको तलब १० प्रतिशतले बढ्यो, पुराना भत्ताहरू पनि यथावत
सरकारले राष्ट्रसेवक कर्मचारीहरूले पाउँदै आएको पुरानो भत्तालाई निरन्तरता दिँदै तलबमानमा १० प्रतिशतले वृद्धि गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै यसअघि फरक-फरक चरणमा बढाइएका ५ हजार र २ हजार रुपैयाँ बराबरका भत्ताहरूलाई आगामी वर्ष पनि कायमै राखिने घोषणा गरेका छन् ।
बजेट भाषणका क्रममा अर्थमन्त्री वाग्लेले कर्मचारीहरूको मनोबल बढाउन तलबमा १० प्रतिशत वृद्धि गरिएको घोषणा गर्नुभयो। यो वृद्धिसँगै अब तल्लो तहका कर्मचारीको न्यूनतम पारिश्रमिक ४० हजार रुपैयाँ पुग्नेछ भने उपल्लो तहका कर्मचारीहरूको पारिश्रमिक १ लाख रुपैयाँभन्दा माथि पुग्ने सरकारले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस