आज गोलभेँडा सस्तो हुने, च्याउ र माछाको मूल्य उच्च
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। आजको मूल्यसूचीअनुसार केही तरकारीको मूल्य न्यून रहेको छ भने केही फलफूल, च्याउ तथा माछाको मूल्य उच्च कायम गरिएको छ।
समितिका अनुसार गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १०, गोलभेँडा सानो (टनेल) रु २० र गोलभेँडा ठूलो (नेपाली) रु ६० तोकिएको छ। त्यस्तै, रातो आलु प्रतिकिलो रु ३०-३८, सेतो आलु रु ३० र भारतीय सुकेको प्याज रु ५२ कायम गरिएको छ।
हरियो तरकारीतर्फ भिन्डी रु ३०, तीते करेला रु ४०, लौका रु ४०, काँक्रो (हाइब्रिड) रु ३०, काउली रु १२०, गाजर रु १००, मटरकोसा रु २०० तथा सखरखण्ड रु १२० प्रतिकिलो निर्धारण गरिएको छ।
सागसब्जीमध्ये रायोको साग रु ४०, पालुङ्गो रु ६०, तोरीको साग रु ५०, हरियो प्याज रु १५० प्रतिकिलो तोकिएको छ। च्याउतर्फ कन्य च्याउ रु २८०, राजा च्याउ रु ३००, डल्ले च्याउ रु ५०० तथा सिताके च्याउ सबैभन्दा महँगो रु १,००० प्रतिकिलो कायम गरिएको छ।
फलफूलतर्फ फुजी स्याउ रु ३००, नेपाली केरा दर्जनको रु २५०, मालभोग केरा रु २००, मालदह आँप रु ९०, दशहरी आँप रु १००, तरबुजा रु ६०, जुनार रु २३०, अनार रु ४२० तथा नासपाती (चाइनिज) रु २५० प्रतिकिलो तोकिएको छ।
मसलाजन्य वस्तुमा अदुवा रु १४०, हरियो धनियाँ रु १५०, हरियो लसुन रु २००, सुकेको लसुन (चाइनिज) रु २२०, सुकेको लसुन (नेपाली) रु १८० तथा सुकेको खुर्सानी रु ५०० प्रतिकिलो कायम गरिएको छ। अकबरे खुर्सानी प्रतिकिलो रु ३०० मा कारोबार हुने समितिले जनाएको छ।
माछातर्फ ताजा रहु माछा प्रतिकिलो रु ३४०, बचुवा रु ३००, छडी रु २५० तथा सुकेको माछा प्रतिकिलो रु १,००० निर्धारण गरिएको छ।
समितिले सार्वजनिक गरेको यो मूल्यसूची अधिकतम थोक मूल्य भएकाले खुद्रा बजारमा भने स्थान, ढुवानी खर्च र माग-आपूर्तिको अवस्थाअनुसार मूल्य फरक हुन सक्ने जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस