सुनको मूल्यमा १४०० रुपैयाँको गिरावट, चाँदी पनि सस्तियो; यस्तो छ आजको बजार भाउ
नेपाली बजारमा आज (सोमबार) सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले घटेको हो।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार ४०० रुपैयाँ कायम गरिएको छ। यसअघि आइतबार (असार १४ गते) सुन प्रतितोला २ लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज प्रति १० ग्राम सुनको मूल्य २ लाख ४२ हजार ११० रुपैयाँ तोकिएको छ।
सुनसँगै चाँदीको मूल्यमा पनि आज सामान्य गिरावट देखिएको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर ४ हजार ३१० रुपैयाँ कायम भएको छ। हिजो आइतबार चाँदी प्रतितोला ४ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज प्रति १० ग्राम चाँदीको मूल्य ३ हजार ६९५ रुपैयाँ कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावकै प्रभावका कारण नेपाली बजारमा पनि मूल्य समायोजन भएको महासंघले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस