Techie IT
२०८३ भाद्र २६, शुक्रबार

बैंकहरूलाई राष्ट्र बैंकको ठूलो राहत: साउन १५ सम्म उठेको ब्याज असारकै आम्दानीमा देखाउन पाइने


नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई ठूलो वित्तीय राहत दिँदै आर्थिक वर्ष समाप्त भएको १५ दिनभित्र उठेको ब्याजलाई पनि सोही वर्षको आम्दानीमा गणना गर्न पाउने खुकुलो व्यवस्था गरेको छ। 

केन्द्रीय बैंकले एकीकृत निर्देशनमा परिमार्जन गर्दै असार मसान्तसम्म पाकेको ब्याज उठाउनका लागि बैंकहरूलाई साउन १५ गतेसम्मको थप समय (ग्रेस पिरियड) उपलब्ध गराएको हो। यस नयाँ व्यवस्था अनुसार आर्थिक वर्ष समाप्त भएको १५ दिनभित्र संकलन भएको ब्याज रकमलाई बैंकहरूले अघिल्लो आर्थिक वर्षकै नाफा–नोक्सान हिसाबमा आम्दानीका रूपमा बाँध्न पाउनेछन् । यसले गर्दा बैंकहरूको नाफा र वासलातमा सकारात्मक प्रभाव पर्ने देखिन्छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट