Techie IT
२०८३ श्रावण २३, शनिबार

करोडौँको क्रिप्टोकरेन्सी कारोबार गर्ने तीन जना पक्राउ


काठमाडौँ महानगरपालिका-१० बानेश्वरस्थित सडक खण्डबाट अनलाइन सट्टाबाजी (बेटिङ) तथा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को अवैध कारोबारमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले शङ्कास्पद अवस्थामा हिँडिरहेका उनीहरूलाई जाँच गर्ने क्रममा नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा कपिलवस्तुको बाणगङ्गा नगरपालिका-६ घर भई हाल बानेश्वर बस्ने ३० वर्षीय नविन पौडेल, १९ वर्षीय राहुल वेलवासे र २८ वर्षीय रविन वेलवासे रहेका छन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरूले लोकप्रिय एप ‘वान एक्स बेट’ (1xBet) मार्फत २ लाख ६ हजार रुपैयाँभन्दा बढीको अनलाइन सट्टाबाजी गराएको खुलेको छ। त्यसैगरी, उनीहरूले करिब ७९ हजार ६८ अमेरिकी डलर बराबरको अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को अवैध कारोबार गरेको समेत देखिएको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरूको साथबाट १ हजार ५०१ दशमलव ३२ अमेरिकी डलर बराबरको डिजिटल मौज्दात र कारोबारमा प्रयोग भएका ५ थान मोबाइल समेत बरामद गरेको छ। सट्टाबाजी गराउन तथा अभौतिक मुद्राको कारोबार गर्न नहुने कसूरमा उनीहरूविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई अहिले थप अनुसन्धान भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट