Techie IT
२०८३ भाद्र १६, मंगलबार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रिलायन्स स्पिनिङ मिल्सद्वारा १ करोड सहयोग


रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले भोटेकोशी बाढीबाट प्रभावितहरूको उद्धार तथा राहतका लागि नेपाल सरकारलाई एक करोड रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ।

कम्पनीका प्रबन्ध निर्देशक अक्षय गोल्याण र निर्देशक शशिकान्त अग्रवालले सोमबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी उक्त रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्। गोल्याण ग्रुपअन्तर्गत सञ्चालित रिलायन्स स्पिनिङ मिल्स नेपालको प्रमुख धागो उत्पादक कम्पनी हो, जसले सुनसरीको दुहबी र खनारस्थित उद्योगमार्फत उत्पादन गर्दै आएको छ। प्राकृतिक विपद्को यस कठिन घडीमा नागरिक र सरकारको साथ दिन आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको कम्पनीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट