पूर्वमन्त्री डा. रिजालद्वारा बाढीपीडितका लागि राहत कोषमा १ लाख सहयोग
डा. मिनेन्द्र रिजाल, नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले भोटेकोशी नदीमा आएको बाढीबाट पीडित भएका परिवारलाई सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख रुपैयाँ जम्मा गरेका छन्।
नेता डा. रिजाल र उनकी धर्मपत्नी दुर्गा रिजालले संयुक्त रूपमा उक्त सहयोग रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको जानकारी दिएका छन्। भोटेकोशी बाढीका कारण प्रभावित बनेका परिवारहरूको राहत तथा उद्धार कार्यमा थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त आर्थिक सहयोग प्रदान गरिएको उनीहरूले बताएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस