Weekly Share Market Review
यस साता बजार घटे पनि यी स्टकबाट लगानीकर्ताले गरे राम्रै कमाई

यस साता नेप्से परिसूचक १.८७ प्रतिशत अर्थात् ४९.७९ अंक घटेर २६११.८५ विन्दुमा झरेको छ । गत साता २६६१.६४ विन्दुमा बन्द भएको नेप्से चारै कारोबार दिन घटेको थियो।
सेन्सेटिभ इण्डेक्स ८.८९ अंक, फ्लोट इण्डेक्स ३.३० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.७५ अंक घटेका छन्। कारोबार रकम पनि घट्दै गएको देखिएको छ। गत साता औसत ९ अर्ब ५६ करोडको कारोबार भएकोमा, यस साता औसत ८ अर्ब ९१ करोडमा सीमित रह्यो। कारोबार संख्या भने ११.०४ प्रतिशतले बढेको छ ।
बजार पूँजीकरण पनि ८२ अर्बले घट्दै ४३ खर्ब ४४ अर्ब रुपैयाँमा झरेको छ । १३ वटा उपसमूहमध्ये ११ उपसमूहको परिसूचक घट्दा होटल तथा पर्यटन उपसमूह ७.३० प्रतिशतले र विकास बैंक १ प्रतिशतभन्दा बढीले बढेका छन् ।
वित्त उपसमूह सर्वाधिक ६.२० प्रतिशतले घट्दा, अंकका आधारमा निर्जीवन बीमा उपसमूहको परिसूचक ३१८.७२ अंकले घटेको छ ।
यस साता नेप्सेमा ओम मेगाश्री फर्मास्युटिकल्सको शेयरमूल्य ४६.३५ प्रतिशतले बढ्दै सर्वाधिक कमाउने कम्पनी रह्यो । त्यसपछि उपकार लघुवित्त (१७.२१%), क्रेष्ट माइक्रो लाइफ (१६.४७%), लुम्बिनी विकास बैंक (१३.४४%) र सोल्टी होटल्स (११.८७%) रहेका छन् ।
सबै दिन बजार ओरालो लागेपनि केही लगानीकर्ताले राम्रै लाभ लिएका छन् । फ्लोरसिट विश्लेषणअनुसार ओम मेगाश्री, गरिमा समृद्धि योजना, युनाइटेड मोदी हाइड्रोपावर आदि स्टकहरू खरिदतर्फ लोकप्रिय रहे भने रिलायबल लाइफ, माछापुच्छ्रे बैंक, शिवम् सिमेन्ट्स आदि बिक्रीतर्फ लोकप्रिय रहे ।
तपाईको प्रतिक्रिया दिनुहोस