Techie IT
२०८२ जेष्ठ १६, शुक्रबार

भोलि संघीय संसद्मा बजेट प्रस्तुत हुँदै, विपक्षीले सदन चल्न दिने


सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट भोलि (बिहीबार) संघीय संसद्को संयुक्त बैठकमार्फत प्रस्तुत गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले दिउँसो ३ बजे बजेट प्रस्तुत गर्ने तयारी गरेका छन् ।

संघीय संसद् सचिवालयले बिहीबार दिउँसो १:४५ बजे संसद्को संयुक्त बैठक आह्वान गरेको छ । बैठकमा अर्थमन्त्री पौडेलले संविधानअनुसार नयाँ आर्थिक वर्षका लागि आय-व्ययको वार्षिक विवरण पेस गर्नेछन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामाको माग गर्दै संसद् अवरुद्ध गरिरहेका विपक्षी दलहरूले बजेट प्रस्तुतिमा अवरोध नगर्ने बताएका छन् । मंगलबारदेखि सदन अवरुद्ध गर्दै आएका उनीहरूले राष्ट्रिय महत्वका विषयमा बाधा नपुर्‍याउने संकेत दिएका हुन् ।

सरकारले पेस गर्न लागेको बजेटमा आर्थिक सुस्तता, रोजगारी सिर्जना, निजी क्षेत्रको आकर्षण, सार्वजनिक सेवा सुधारलगायत विषय प्राथमिकतामा पर्ने अपेक्षा गरिएको छ । बजेट प्रस्तुतिपछि संसदमा छलफल र स्वीकृतिको प्रक्रिया अघि बढ्नेछ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट