निजजगढ विमानस्थल निर्माण गर्ने बजेटमार्फत घोषणा, वैकल्पिक स्रोतमार्फत अघि बढाइने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत बहुप्रतीक्षित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको घोषणा गरेको छ।
अहिले प्रतिनिधिसभामा आगामी आव २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले निजगढ विमानस्थलको निर्माण कार्य अघि बढाइने घोषणा गरेका हुन् । उनले वैकल्पिक विकास वित्त (Alternative Development Financing) को माध्यमबाट आवश्यक स्रोत व्यवस्थापन गरिने पनि स्पष्ट पारेका छन् ।
निजगढसँगै सरकार अन्य विमानस्थलहरूमा पनि सुधार र निर्माणका योजना अघि बढाउने उनले बताए । अर्थमन्त्री पौडेलले झापाको भद्रपुर विमानस्थल, काठमाडौँको टरिगाउँ विमानस्थलको स्तरोन्नति तथा सुर्खेत विमानस्थल निर्माणको घोषणा समेत गरेका छन् ।
त्यस्तै, सरकारले उडान चाप कम रहेका विमानस्थलहरूको वैकल्पिक प्रयोगमा समेत जोड दिने योजना अघि सारेको छ । यसले आन्तरिक हवाई यातायातको सन्तुलन कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस