Techie IT
२०८२ चैत्र १८, बुधबार

कामना सेवा विकास बैंकको नाफा ९ प्रतिशतले बढ्यो, EPS र नेटवर्थमा पनि सुधार


कामना सेवा विकास बैंक (KSBBL) गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्ने पहिलो बैंक बनेको छ । साउन २ गते सार्वजनिक गरिएको विवरण अनुसार बैंकको नाफा र प्रतिशेयर आम्दानी दुवैमा अघिल्लो वर्षको तुलनामा सामान्य वृद्धि देखिएको छ ।

बैंकले गत आर्थिक वर्षको अन्त्यसम्म ६३ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९.१९ प्रतिशतले वृद्धि हो। अघिल्लो वर्ष सोही अवधिमा बैंकको नाफा ५८ करोड १८ लाख रुपैयाँ थियो।

नाफा वृद्धिको मुख्य कारण बैंकको खुद ब्याज आम्दानीमा ५.२५ प्रतिशत, तथा फि तथा कमिशन आम्दानीमा १५.०४ प्रतिशतको वृद्धि हुनु हो। यद्यपि कुल सञ्चालन खर्च ४.१९ प्रतिशत र सञ्चालन मुनाफा १.९७ प्रतिशतले मात्रै बढेको छ।

बैंकको कुल वितरणयोग्य मुनाफा ६० करोड ७४ लाख रुपैयाँ पुगेको छ भने प्रतिशेयर वितरणयोग्य आम्दानी १७ रुपैयाँ ३० पैसा रहेको छ। प्रतिशेयर आम्दानी (EPS) पनि ३७ पैसा बढेर १८ रुपैयाँ १० पैसामा पुगेको छ। सो अवधिमा बैंकको प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ १३ पैसा र मूल्य–आम्दानी अनुपात (P/E Ratio) २७.६९ गुणा रहेको छ।

कामना सेवाको हाल चुक्ता पूँजी ३ अर्ब ५१ करोड ८ लाख रुपैयाँ छ भने जगेडा कोषमा २ अर्ब ३९ करोड १८ लाख रुपैयाँ रहेको छ। असार मसान्तसम्ममा बैंकले ६२ अर्ब ८३ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गरी ४९ अर्ब ९६ करोड ७२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट