मेयर आचार्यको घरमा तोडफोड–आगजनी गर्ने रास्वपा वडा सभापतिसहित ४ जना थुनामा
पोखरा मेयर धनराज आचार्यको घरमा जेनजी आन्दोलनका दौरान भएको तोडफोड, आगजनी र लुटपाट प्रकरणमा संलग्न आरोपमा चार जना पुर्पक्षका लागि थुनामा र एक जना धरौटीमा रिहा भएका छन्।
कास्की जिल्ला अदालतले रास्वपा पोखरा–१० का वडा सभापति चन्द्रबहादुर थापा, एक नाबालक, बिना मल्ल र चीनबहादुर (बुद्ध खवास ठकुरी) लाई थुनामा राख्ने आदेश दिएको हो। थापाका भाइ हरिबहादुरलाई भने २ लाख रुपैयाँ धरौटीमा रिहा गरिएको छ।
जेनजी आन्दोलनका क्रममा कास्कीमा ५७ जना पक्राउ परेका मध्ये १४ जना पुर्पक्ष थुनामा छन्। घटनासम्बन्धी ३० वटा किटानी जाहेरी दर्ता भएका छन् र निजी तथा सरकारी गरि करिब ३ अर्ब ५२ करोड बराबरको क्षति भएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस