Techie IT
२०८३ कार्तिक १६, आइतबार

सुरुङमार्ग प्रयोग गर्दा अब दस्तुर अनिवार्य, साना गाडीलाई कति रुपैयाँ लाग्छ ?


नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनहरूबाट आज (कात्तिक १५ गते) देखि सडक दस्तुर (टोल ट्याक्स) संकलन सुरु गरिएको छ। आइतबार राति १२ बजेदेखि लागू हुने गरी सुरुङमार्ग भएर आवतजावत गर्ने सवारीसाधनले तोकिएको दरअनुसार दस्तुर बुझाउनुपर्ने अनिवार्य व्यवस्था गरिएको हो।

नागढुङ्गा सुरुङमार्ग आयोजनाका प्रमुख इन्जिनियर सौजन्य नेपालका अनुसार सुरुङमार्ग प्रयोग गरी काठमाडौं भित्रिने तथा बाहिरिने सबै सवारीसाधनले नेपाल राजपत्रमा प्रकाशित वर्गीकरणका आधारमा दस्तुर तिर्नुपर्नेछ।

सवारी साधनको दस्तुर दर
साना सवारी (कार, जिप, भ्यान र माइक्रोबस): काठमाडौं भित्रिँदा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ।
ठूला सवारीसाधन: सुरुङमार्ग प्रवेश गर्दा (भित्रिँदा) ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ।

सुरुवाती चरणमा दस्तुर भुक्तानीका लागि नगद र क्यूआर (QR) कोड प्रणाली लागू गरिएको छ। आगामी दिनमा भने आरएफआईडी (RFID) कार्ड तथा ट्याग प्रणालीमार्फत स्वचालित (Auto-debit) रूपमा शुल्क कट्टा हुने व्यवस्था मिलाउने तयारी भइरहेको आयोजना प्रमुख नेपालले जानकारी दिएका छन्।

सुरुङमार्गमा खटिएका सेवा प्रदायकका कर्मचारीमार्फत दस्तुर संकलन गरिनेछ। यसरी संकलित रकम सीधै सडक बोर्ड नेपालको खातामा जम्मा हुने र यसको सञ्चालन तथा अनुगमन सडक बोर्ड नेपाल र सडक विभागले संयुक्त रूपमा गर्नेछन्। नयाँ नियम लागू भएसँगै अब नागढुङ्गा सुरुङमार्ग प्रयोगकर्ताले तोकिएको दस्तुर बुझाएर मात्र यात्रा गर्न पाउनेछन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट