बजारमा सुनको कीर्तिमान पहिरो: एकैदिन तोलामा कतिले घट्यो ?
नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ। आज एकैदिन सुनको भाउ प्रतितोला ८,३०० रूपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २,७२,००० रूपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार सुन प्रतितोला २,८०,३०० रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार प्रतितोला ३,८२५ रूपैयाँ रहेको चाँदी आज १ सय ७५ रूपैयाँले घटेर ३,६५० रूपैयाँमा झरेको छ।
अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्यमा फेरवदलको प्रभाव स्थानीय बजारमा परेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३,८७६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस