न्यायाधीशलाई महाभियोग लगाएर न्यायालय सुध्रिँदैन: राजेन्द्र लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले एक–दुई जना न्यायाधीशमाथि महाभियोग लगाउँदैमा समग्र न्याय क्षेत्रमा सुधार आउन नसक्ने दाबी गरेका छन्।
आइतबार एक सञ्चार माध्यमसँगको कुराकानीमा अध्यक्ष लिङ्देनले न्यायालयको विद्यमान अवस्थाबाट मुलुकले निकास पाउन नसक्ने भन्दै यसमा व्यापक फेरबदल, पुनर्नियुक्ति र पूर्ण पुनर्गठनको आवश्यकता औँल्याएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्यायाधीशहरूलाई हटाउन संसदीय प्रक्रिया अघि बढाउने निर्णयबारे सोधिएको प्रश्नमा अध्यक्ष लिङ्देनले राप्रपाले वस्तुस्थिति र अभियोगको प्रकृति हेरेर मात्रै आधिकारिक धारणा बनाउने स्पष्ट पारेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस