Techie IT
२०८२ कार्तिक २, आइतबार

Vacancy Announcement at Nepal Administrative Staff College (NASC)

प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा विभिन्न पदका लागि दरखास्त आव्हान


नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले विभिन्न पदपूर्तिका लागि दरखास्त आव्हान गरेको छ। प्रतिष्ठानमा रिक्त पदहरू कार्यक्षमतामूलक मूल्यांकनद्वारा आन्तरिक बढुवा, आन्तरिक प्रतियोगिताद्वारा बढुवा तथा खुला र समावेशी प्रतियोगितामार्फत भर्ने उद्देश्यले सूचना जारी गरिएको हो।

खुला तर्फ अध्ययन उपनिर्देशक तथा अधिकृत द्वितीय १ जना, अधिकृत तृतीय ४ जना र सहायक प्रथम १ जना गरी विभिन्न पदमा आवेदन खुला गरिएको छ। लिखित परीक्षा लोक सेवा आयोगमार्फत सञ्चालन हुने छ।

दरखास्त बुझाउने अन्तिम मिति असोज २ गतेसम्म तोकिएको छ भने दोब्बर दस्तुर तिरेर असोज ९ गतेसम्म फाराम भर्न सकिने छ। आवेदनका लागि प्रतिष्ठानको वेबसाइटबाट फाराम डाउनलोड गरी भरेर प्रतिष्ठानको जाउलाखेलस्थित कार्यालयमा बुझाउनु पर्नेछ।

विस्तृत हेर्न तलको लिङमा क्लिक गर्नुहोस्
https://www.nasc.org.np/current-vacancies 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट