Techie IT
२०८२ कार्तिक ८, शनिबार

काठमाडौँ महानगरद्वारा ‘सिल्भर भोलिन्टियर कार्यक्रम’ सुरु, आवेदन खुला, योग्यता के चाहिन्छ ?


काठमाडौँ महानगरपालिकाले ४५ वर्षमाथिका अनुभवी नागरिकको ज्ञान, सीप र क्षमतालाई सहर तथा समाज विकासमा उपयोग गर्ने उद्देश्यले ‘सिल्भर भोलिन्टियर कार्यक्रम’ सुरु गरेको छ।

महानगरको सहरी योजना आयोगका सचिवालय सदस्य विवेक बास्तोलाका अनुसार, विभिन्न क्षेत्रमा लामो अनुभव हासिल गरेका नागरिकलाई अवकाशपश्चात् पनि समाज र देशको विकासमा योगदान दिने अवसर प्रदान गर्न यो कार्यक्रम ल्याइएको हो।

बास्तोलाले भने, “४५ वर्ष पूरा गर्नुभएको छ ? जागिर वा व्यवसायबाट अवकाश लिनुभएको छ ? अब विश्रामभन्दा पनि समाजका लागि केही योगदान गर्न चाहनुहुन्छ भने आउनुहोस्, सँगसँगै महानगरको विकासमा हातेमालो गरौँ।”

कार्यक्रममार्फत शिक्षा, स्वास्थ्य, सरसफाइ, वातावरण, प्रशासन, सहरी विकास, सम्पदा संरक्षण लगायतका क्षेत्रमा कामपासँग मिलेर काम गर्न सकिने जनाइएको छ।

महानगरले यसका लागि ‘कामपा–सिल्भर–भोलिन्टियर–कार्यविधि’ तयार गरी अनलाइनमार्फत आवेदन खुला गरेको छ।

आवेदनका लागि योग्यता

नेपाली नागरिक, गैर–आवासीय नेपाली वा कानुनबमोजिम स्वीकृत विदेशी नागरिक

उमेर ४५ वर्ष पूरा भई ७४ वर्ष ननाघेको

कुनै क्षेत्र वा संस्थामा कम्तीमा २० वर्षको अनुभव

हप्तामा न्यूनतम पाँच घण्टा सेवा दिन तयार

शारीरिक र मानसिक रूपमा सक्षम

स्वयंसेवाका रूपमा इमान्दारीपूर्वक काम गर्न इच्छुक

महानगरका अनुसार, यो कार्यक्रमले परिपक्व नागरिकको अनुभव र सीपलाई सहर विकासमा उपयोग गर्न सघाउनेछ भने, उनीहरूलाई समाजसेवाको माध्यमबाट सन्तुष्टि र योगदानको अवसर प्रदान गर्नेछ।

इच्छुक व्यक्तिहरूले थप जानकारीका लागि ९८४८०१८२१५ मा सम्पर्क गर्न सक्ने महानगरले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट