प्रहरी जवान भर्नामा ठूलो वृद्धि : अब २,९२८ जनाको भर्ती हुने
नेपाल प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ खुला प्रतियोगिताबाट पदपूर्ति गरिने प्रहरी जवान पदको माग संख्या उल्लेख्य रूपमा बढाएको छ। २०८२ साल असोजमा प्रकाशित विज्ञापनमा थप १,३७५ पद थपिएपछि अब कुल २,९२८ जनाको भर्ना गरिने भएको हो।
प्रहरी प्रधान कार्यालयअन्तर्गत मानवस्रोत विकास विभागले आज सूचना जारी गर्दै थप गरिएको पदसंख्याबारे जानकारी दिएको हो। यसअघि २०८२ असोज १० गते प्रकाशित विज्ञापनमा १,५५३ जनाको माग गरिएको थियो। तर, विज्ञापन प्रक्रिया अघि बढ्दै जाँदा थप रिक्त भएका १,३७५ पदहरू समेत समावेश गरिएपछि कुल संख्या झण्डै दोब्बर पुगेको हो।
नयाँ व्यवस्था अनुसार कुल २,९२८ पदमध्ये खुलातर्फ १,५७८ जनाको भर्ना गरिनेछ। यस निर्णयसँगै प्रहरी सेवामा प्रवेश गर्न चाहने युवाहरूका लागि अवसर थप विस्तार भएको छ।




तपाईको प्रतिक्रिया दिनुहोस