Techie IT
२०८२ भाद्र १, आइतबार

गुण्डा नाइके चक्रे मिलनसहित १९ जनाविरुद्ध दोस्रो पटक म्याद थप


गुण्डा नाइकेका रूपमा परिचित चक्रे मिलन उर्फ मिलन गुरुङसहित १९ जनाविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंले दोस्रो पटक पनि म्याद थप गरेको छ। प्रहरीले थप पाँच दिन उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान अगाडि बढाउन अनुमति पाएको छ।

यसैसँगै उनीहरूको हिरासत अवधि लम्बिने भएको छ। उनीहरूलाई १५ साउनमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त अपरेशनमार्फत पक्राउ गरिएको थियो।

सम्बन्धित घटनामा प्रहरीले जम्मा ४७ जनालाई पक्राउ गरेको थियो, जसमध्ये २८ जनालाई छाडिएको छ भने १९ जनालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।

हिरासतमा रहेका व्यक्तिहरूमा चक्रे मिलनसहित गणशबहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दिप केसी, राहुल खड्का रहेका छन्। त्यस्तै, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतिक लामा, चन्द्रदेव कार्की, जीतबहादुर लामा, प्रकाश गोले, अमिर आले मगर, उत्तम महर्जन, प्रनिश केटल, राजु परियार र सफल शाही पनि छन्।

प्रहरीका अनुसार, मध्यराति चक्रेको जन्मदिन पार्टी मनाउने नाममा होटल साम्बालामा होहल्ला गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको थियो।

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट