Techie IT
२०८३ असोज २६, सोमबार

पूर्व राज्यमन्त्रीको नांगो भिडियो सार्वजनिक गर्ने रास्वपा सांसद सुनारको धम्की

सुनारले साँझ ८ बजेसम्म रकम नदिए परिणाम राम्रो नहुने चेतावनी दिएका छन्


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार गम्भीर विवाद र चौतर्फी आलोचनामा परेका छन् । बागमती प्रदेशकी एक पूर्व राज्यमन्त्री (महिला) लाई विवाहको प्रलोभनमा पारी अश्लील भिडियो बनाएर 'ब्ल्याकमेल' गरेको र रकम असुल्न धम्की दिएको अडियो सार्वजनिक भएपछि उनी विवादित बनेका हुन् ।

जनआस्था साप्ताहिकले सार्वजनिक गरेको ४ वटा अडियो क्लिपमा सांसद सुनारले ती महिलालाई संसदीय दलमा राजीनामा दिन कडा दबाब मात्र दिएका छैनन् अश्लील गालीगलौज गरि मारेर रगत खाने जस्ता अमानवीय धम्की दिएको सुनिन्छ । 

अडियोमा महिलाले आफ्नो नांगो भिडियो बनाएर ब्ल्याकमेल गरेको र मानसिक यातना दिएको गुनासो गर्दा सुनारले साँझ ८ बजेसम्म रकम नदिए परिणाम राम्रो नहुने चेतावनी दिएका छन् । यस्तै, अडियो संवादमा उनले महिलाप्रति अत्यन्तै आपत्तिजनक, अमर्यादित र संवेदनहीन शब्दहरू प्रयोग गरेका छन् ।

केही वर्षअघि रेकर्ड गरिएको भनिएको उक्त अडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा व्यापक तरङ्ग पैदा भएको छ । घटना सार्वजनिक भएपछि सांसद सुनारले तत्काल पदबाट राजीनामा दिनुपर्ने र उनीमाथि कानुनी कारबाही हुनुपर्ने माग उठ्न थालेको छ ।

यस विषयमा प्रतिक्रिया लिन खोज्दा सांसद सुनारको फोन ‘स्वीच अफ’ रहेको छ भने उनी सञ्चारकर्मीको सम्पर्कमा आएका छैनन् । यता रास्वपाका प्रवक्ता जगदीश खरेलले आफू काठमाडौँ बाहिर रहेको र विषयबारे पूर्ण जानकारी नभएको भन्दै प्रतिक्रिया दिन पन्छिएका छन् ।

सांसद सुनार विवादमा तानिएको यो पहिलो पटक भने होइन । यसअघि पनि नेपाल प्रहरीको पोसाक खरिदमा अनियमितताको आरोप, प्रहरी महानिरीक्षक (आईजीपी) सँगको विवाद, राजदूत नियुक्ति प्रकरण र गाईसम्बन्धी विवादित अभिव्यक्तिका कारण उनी पटक-पटक चर्चा र आलोचनाको केन्द्रमा रहँदै आएका छन् । आफ्ना सांसदमाथि यति गम्भीर नैतिक र कानुनी प्रश्न उठिसकेपछि रास्वपाले उनीमाथि कस्तो कारबाही अघि बढाउँछ भन्ने विषयलाई चासोका साथ हेरिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट