Techie IT
२०८२ माघ २९, बिहीबार

काभ्रेमा ‘जेनजी’ आन्दोलनमा लुटपाट गर्ने ११ जना पुनः पक्राउ


भदौ तेस्रो साता भएको ‘जेनजी’ प्रदर्शनका क्रममा काभ्रेमा तोडफोड, आगजनी तथा अन्य घटनामा संलग्न भएको आरोपमा थप ११ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ।

उनीहरूलाई जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयबाट धरौटीमा रिहा गरेलगत्तै प्रहरीले पुनः पक्राउ गरेको हो। धरौटी बुझाएपछि सोही स्थानबाट पक्राउ गरी अभद्र व्यवहार मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ।

अदालतबाट आठ जना र प्रशासन कार्यालयबाट तीन जनालाई धरौटीमा छोड्ने आदेश भएपछि उनीहरूलाई पुनः पक्राउ गरिएको हो।

पक्राउ परेकामध्ये सबैलाई इलाका प्रहरी कार्यालय बनेपाले अभद्र व्यवहार मुद्दामा शुक्रबार म्याद थप गरेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट