Techie IT
२०८३ जेष्ठ ६, बुधबार

सप्तरीमा पुजारीको गोली हानी हत्या


सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनस्थित कबिर बाबा मन्दिरका पुजारीको आज बिहान गोली हानी हत्या गरिएको छ।

मन्दिरका ७३ वर्षीय पुजारी रामदुलार साहलाई बिहान करिब २ बजे अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको परिवारका सदस्य रामसुन्दर साहले जानकारी दिएका छन्।

गाउँको पूर्वतर्फ रहेको कबिर बाबा मन्दिरमा साह एक्लै कुटी बनाएर बस्दै आएका थिए। अज्ञात समूहले उनलाई राति कुटीबाट सडकमा निकालेर पिठ्युँमा गोली प्रहार गरेको बताइएको छ।

घटनापछि केही मिनेटमै स्थानीयवासीहरूले नजिकैको काचनली प्रहरी चौकीमा खबर गरेका थिए। त्यसपछि जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय कडरबोनबाट प्रहरी टोली पुगेर आवश्यक अनुसन्धान सुरु गरिएको छ।

प्रहरीले घटनास्थलबाट दुईवटा गोलीका खोका फेला परेको जनाएको छ। पुजारी साहको शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक गौतमकुमार केसीले जानकारी दिए।

उनका अनुसार सीमावर्ती क्षेत्रमा शङ्कास्पद व्यक्तिमाथि निगरानी र चेकजाँच कडा पारिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट