Techie IT
२०८२ कार्तिक ५, बुधबार

अमेरिकाबाट दशैं–तिहार मनाउन नेपाल आएका छोरा–बुहारीमाथि बुवाले गरे खुकुरी प्रहार


कागेश्वरी मनोहरा नगरपालिका–५, थलीस्थित भीमबारी टोलमा बुधबार बिहान एक व्यक्तिले आफ्ना छोरा र बुहारीमाथि खुकुरी प्रहार गरेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) पवन भट्टराईका अनुसार ५३ वर्षीय विष्णु उप्रेतीले घरायसी विवादका क्रममा छोरा र बुहारीमाथि आक्रमण गरेका हुन्।

खुकुरी प्रहारबाट उनका ३२ वर्षीय छोरा रुविस उप्रेती र बुहारी मनिता भण्डारी घाइते भएका छन्। रुविसको बायाँ हातका चार औंला काटिनुका साथै दाहिने खुट्टाको घुँडामा चोट लागेको छ भने मनिताको दाहिने हातको कुममा चोट लागेको प्रहरीले जनाएको छ।

घाइते दुवै जनाको उपचार भइरहेको र उनीहरू अमेरिकाबाट दशैं–तिहार मनाउन नेपाल आएका थिए।

आक्रमण गर्ने बुबा विष्णु उप्रेतीलाई प्रहरीले नियन्त्रणमा लिएर गोकर्ण प्रभागको हिरासतमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट