Techie IT
२०८२ कार्तिक १७, सोमबार

जेनजी आन्दोलनका घटनामा संलग्न प्रहरी इन्चार्जलाई उपत्यका नछाड्न निर्देशन


जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका तोडफोड, आगजनी र झडपका घटनाबारे जाँचबुझ आयोगले अनुसन्धान अघि बढाएसँगै प्रहरी प्रधान कार्यालयले सो बेला फिल्डमा खटिएका प्रहरी इन्चार्जहरूलाई उपत्यका नछाड्न निर्देशन दिएको छ।

प्रधान कार्यालयले कार्तिक १६ गते काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीलाई पठाएको पत्रमा सम्बन्धित इन्चार्जहरूलाई हालका लागि उपत्यका बाहिर नपठाउने व्यवस्था मिलाउन अनुरोध गरिएको छ।

पत्रमा “जाँचबुझ आयोग, २०८२ का सचिवालय सिंहदरबारको च.नं. १०७ मिति २०८२/०७/१६ गतेको पत्र आवश्यक कार्यार्थ संलग्न राखी पठाइएको व्यहोरा निर्देशानुसार अनुरोध गरिएको छ। सो सम्बन्धमा बढी क्षति भएका क्षेत्रहरूमा खटिएका प्रहरी इन्चार्जहरूलाई सोधपुछका लागि कुनै पनि समयमा आयोगमा उपस्थित हुन बोलाउनुपर्ने हुनाले हाललाई काठमाडौं उपत्यका नछाड्ने व्यवस्था मिलाउन अनुरोध गरिएको छ।” 

आयोगले हाल जेनजी आन्दोलनका क्रममा भएका झडप, प्रहरीद्वारा प्रयोग गरिएको बल र त्यसबाट भएका क्षति सम्बन्धी घटनाको प्रत्यक्ष प्रमाण संकलन, साक्षात्कार तथा विवरण संकलन कार्य अघि बढाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट