Techie IT
२०८३ असार २७, शनिबार

युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ


वैदेशिक रोजगारीमा आकर्षक तलब दिने प्रलोभन देखाएर रकम ठगी गर्ने आरोपीलाई प्रहरीले पक्राउ गरेको छ। भक्तपुर, मध्यपुर थिमी नगरपालिका-१ बस्ने ३१ वर्षीय राहुल पुन्जलाई आइतबार पक्राउ गरिएको हो।

उक्त व्यक्तिले धनुषा, जनकनन्दिनी गाउँपालिका-३ घर भएका एक व्यक्तिबाट युके पठाइदिन्छु भन्दै ४२ लाख रुपैयाँ लिएको र त्यसपछि सम्पर्कविहीन बनेको उजुरी परेको थियो। उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-११ बाट पक्राउ गरेको हो।

प्रहरीले आवश्यक अनुसन्धान र कारवाहीका लागि राहुललाई वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाएको जनाएको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट