विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ
वैदेशिक रोजगारीका नाममा विभिन्न देश पठाइदिन्छु भन्दै ठूलो रकम ठगी गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा खोटाङका रमेश कुमार निरौला, सिन्धुपाल्चोकका चित्रबहादुर कार्की, महोत्तरीका हैदर अली र भक्तपुरका दिनेश पुरी छन्। उनीहरूले पोल्याण्ड, इजरायल, सर्विया र क्रोएसियामा पठाइदिन्छु भन्दै पीडितहरूबाट करिब ६३ लाख रुपैयाँ उठाएर सम्पर्कविहीन बनेका थिए।
प्रहरीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी निरौला र कार्कीलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ भने अली र पुरीलाई प्रहरी परिसर काठमाडौंमा अनुसन्धानका लागि बुझाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस