सिमरामा गोली चल्यो, सिंहदरवारमा सुरक्षा परिषद्को बैठक जारी
प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बिहीबार ३ बजेदेखि सुरक्षा परिषद्को बैठक बसिरहेको छ। बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देललगायत सदस्यहरू उपस्थित छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा प्रतिनिधिसभाको आगामी निर्वाचनसम्बन्धी सुरक्षासम्बन्धी विषयमा छलफल भइरहेको छ। सिमरामा आज दिउँसो मात्र प्रहरी र जेनजी प्रदर्शनकारी विच झडप हुँदा एक राउण्ड हवाई फायर र तीन राउण्ड अश्रुग्यास प्रहार गरिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस