Techie IT
२०८३ कार्तिक २, आइतबार

अपिहिमाल बेसक्याम्पमा अपिहिमाल पर्यटन उत्सव २०८३ हुदैँ


अपि हिमाल

दार्चुला। दार्चुलास्थित अपिहिमालको बेसक्याम्पमा आगामी कात्तिक १७ गतेदेखि १९ गतेसम्म भव्य “अपिहिमाल पर्यटन उत्सव २०८३” आयोजना हुने भएको छ। अपिहिमाल गाउँपालिकाको आयोजनामा तीन दिनसम्म सञ्चालन हुने उक्त उत्सवको तयारी तीव्र पारिएको छ।

गाउँपालिकाका अध्यक्ष भगत सिंह ठेकेरे बोहराका अनुसार उत्सवको मुख्यमन्त्री खगराज भट्टले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। उत्सवमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टसँगै पर्यटन मन्त्री लगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू, जलवायु परिवर्तन विज्ञ, भूगर्भविद्, समाजशास्त्री तथा राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको सहभागिता रहने अध्यक्ष बोहराले रैवारप्रेसलाई जानकारी दिएका छन् ।

उत्सवका मुख्य आकर्षणहरू
कात्तिक १७ गते: औपचारिक उद्घाटन समारोह।
कात्तिक १८ गते: राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति, उच्च उचाइ (हाई अल्टिच्युड) मा मैत्रीपूर्ण क्रिकेट तथा भलिबल प्रतियोगिता।
कात्तिक १९ गते: योग तथा ध्यान शिविर, जलवायु परिवर्तनसम्बन्धी विशेष संवाद कार्यक्रम र समापन समारोह।

उत्सवलाई भव्य बनाउन र सहभागिता बढाउनका लागि कार्यक्रममा सहभागी हुने राष्ट्रिय कलाकार तथा राजनीतिक दलका नेताहरूले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै सर्वसाधारणलाई अपिहिमाल बेसक्याम्प पुग्न आह्वान गरिरहेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट