Techie IT
२०८३ असार २६, शुक्रबार

महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ


३८ वर्षीया एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले कपिलवस्तुबाट एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्युठान नगरपालिका–९ घर भई हाल कपिलवस्तुको शिवराज नगरपालिका–५ हाटबजार बस्दै आएका २९ वर्षीय सुरेन्द्र खड्का रहेका छन् ।

खड्काले ती महिलालाई जबरजस्ती करणी गरेको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी दिएका थिए । उक्त उजुरीका आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको विशेष प्रहरी टोलीले उनलाई शुक्रबार बिहान नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका खड्कामाथि जबरजस्ती करणी सम्बन्धी कसुरमा कानुनी कारबाहीका लागि हिरासतमा राखी आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट