Techie IT
२०८३ कार्तिक ३, सोमबार

पिकअप र मोटरसाइकल ठोक्किँदा ४२ वर्षीय विनोदको मृत्यु


मकवानपुरको हेटौंडामा पिकअप गाडी र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१०, बुद्धचोक निवासी ४२ वर्षीय विनोद लामा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता माधवप्रसाद काफ्लेका अनुसार हेटौंडा उपमहानगरपालिका–१ सामरीस्थित हेटौंडा–भैँसे सडकखण्डमा सोमबार अपराह्न करिब ४:५० बजे उक्त दुर्घटना भएको हो।

हेटौंडाबाट भैँसेतर्फ जाँदै गरेको खुर्सानी बोकेको बा.प्र.०१–०३२ च ०१४१ नम्बरको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको बा.४७ प ८४६१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक लामालाई तत्काल उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा चिकित्सकले साँझ ५:१० बजे उनलाई मृत घोषणा गरेका हुन्।

प्रहरीले दुर्घटनामा संलग्न पिकअप गाडी, मोटरसाइकल र पिकअप चालकलाई नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट