Techie IT
२०८३ जेष्ठ ११, सोमबार

शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत 'अनिल बाबा' पक्राउ


चैत १५ गतेको तीनकुने आन्दोलनमा संलग्न रहेको आरोपमा फरार रहेका शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत ‘अनिल बाबा’ आइतबार सुकेधाराबाट पक्राउ परेका छन्। 

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार, बस्नेतमाथि राज्यविरुद्धको कसुरमा पक्राउ पुर्जी जारी गरिएको थियो । नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिका ‘जनकमान्डर’ दुर्गा प्रसाईंको आह्वानमा भएको सो प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको मृत्यु, आगजनी र तोडफोड भएको थियो। यस घटनामा दुर्गा प्रसाईं र राप्रपाका रविन्द्र मिश्र पनि प्रहरी हिरासतमा छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट