Techie IT
२०८२ वैशाख २९, सोमबार

पाकिस्तानसँगको युद्धविरामपछि भारतमा ३२ वटा विमानस्थल पुनः खुला


सन् १९९९ पछि छिमेकी पाकिस्तानसँगको सबैभन्दा खराब लडाइँको अन्त्य भएको सप्ताहन्तको युद्धविरामपछि भारतले सोमबार ३२ वटा विमानस्थल पुनः खोलेको छ ।

भारतीय विमानस्थल प्राधिकरणका अनुसार भारत प्रशासित काश्मीरको श्रीनगरदेखि पश्चिमी राज्य गुजरातको भुजसम्मका ३२ विमानस्थल अब ‘तत्काल प्रभावबाट’ नागरिक सञ्चालनका लागि उपलब्ध छन् ।

भारत र पाकिस्तानबीच चार दिनसम्म भीषण लडाइँ सुरु भएपछि गत हप्ता ती विमानस्थल बन्द गरिएका थिए । विमानस्थल बन्द गरिएसँगै दुई मुलुकबीचको लडाइँ पूर्ण युद्धमा विकसित हुनसक्ने विश्वव्यापी चिन्ता सिर्जना गरेको थियो ।

प्रमुख भारतीय एयरलाइन इन्डिगोले ‘पहिले बन्द गरिएका मार्गहरूमा क्रमशः सञ्चालन सुरु गर्ने’ बताएको छ ।

युद्धविरामको घोषणा शनिबार गरिएको थियो, तर दुवै पक्षले तुरुन्तै एक अर्कामाथि यसको उल्लङ्घन गरेको आरोप लगाएका थिए ।

यद्यपि भारत र पाकिस्तान दुवैले सोमबार सीमावर्ती क्षेत्रहरू शान्त रहेको बताएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट