Techie IT
२०८३ वैशाख १५, मंगलबार

अपिहिमालमा उच्च हिमाली पर्यटन विकासका लागि माउन्टेन गाइड तालिम संचालन हुदै


अपिहिमाल गाउँपालिका र सुदूरपश्चिम प्रदेशका लागि उच्च हिमाली पर्यटन क्षेत्रमा नयाँ सम्भावनाको बाटो खुलेको छ। अपिहिमालमा अवस्थित ६३९५ मिटर उचाइको Lhayul (ल्य्ह्युल) हिमालमा हिमाल आरोहण तालिम, अर्थात् माउन्टेन गाइड तालिम संचालन हुन लागेको छ।

यो तालिम सञ्चालनका लागि नेपाल पर्यटन बोर्ड (NTB), युएनडिपि (UNDP) अन्तर्गतको STP परियोजना, नेपाल पर्वतारोहण संघ (NMA) र अपिहिमाल गाउँपालिका (API RM) बीच ऐतिहासिक सम्झौता भएको छ।

यस तालिमले हिमाल आरोहणका लागि दक्ष माउन्टेन गाइड तयार गर्नेछ भने सुदूरपश्चिमका हिमालहरूमा आरोहणको ढोका खोल्ने काम पनि गर्नेछ। यसअघि नेपाल सरकारले सुदूरपश्चिमका सबै हिमालमा लाग्ने राेयल्टी (कर) हटाइसकेको छ।

यस निर्णयले उच्च हिमाली क्षेत्रका स्थानीय बासिन्दुको जीवनस्तर उकास्ने र स्थानीय युवाहरूलाई रोजगारीको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

आज गाउँपालिका अध्यक्ष भगत सिंह ठेकेरे बोहोराले तालिम सञ्चालनमा लागिपरेका सबै पक्षहरूमा धन्यवाद ज्ञापन गर्दै नेपाल पर्यटन बोर्डका सीईओ दीपक जोशी लगायत सहयोग गर्ने सबैलाई हार्दिक कृतज्ञता व्यक्त गरेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट