Techie IT
२०८२ फागुन १२, मंगलबार

साइपाल गाउँपालिकाको ५ औं राष्ट्रपति रनिङ सिल्ड शुरु, धुलिले लियो ६ स्वर्ण


आज देखि बझाङको साइपाल गाउँपालिकाको पाँचौ राष्ट्रपति रनिङ सिल्ड काँडा माध्यामिक विद्यालयको खेलमैदानमा एक भब्य समारोहमा उद्घाटन गरिएको छ । 

कार्यक्रमको उद्घाटन साइपाल गाउँपालिकाका अध्यक्ष तथा प्रमुख अतिथि मानविर बोहराले गर्नुभएको थियो । जनप्रतिनिधि, स्थानीय राजनीतिक दलका प्रतिनिधि लगायत स्थानीयको उल्लेख्य उपस्थितिमा शुरु भएको कार्यक्रममा स्थानीय लोक सांस्कृतिक नाचगान सहित प्रस्तुति रहेको थियो । गाउँपालिकामा भौतिक संरचनाको विकास जत्तिकै खेलकुदको विकास गरे साइपालले राष्ट्रका लागि खेलाडि उत्पादन गर्न सक्ने भएकाले आफुले खेलक्षेत्रमा उल्लेख्य बजेट विनियोजन गरेको पालिका अध्यक्ष बोहराले बताएका थिए ।

खेलले स्थानीयस्तरमा भएका मनमेटावहरुलाई पनि कमगर्दै सामाजिक एकता कायम गर्ने भएकाले पालिका स्तरिय खेलकुदमा कसैको स्वार्थ पुर्तिहुने गरि विवाद नगरि सबै साइपालवासिको एकताको प्रतिकका रुपमा खेलक्षेत्रमा सबैले खुलेर सहयोग गर्नुपर्ने पालिका उपाध्यक्ष डोल्मा तामाङले बताएकी थिइन् । विगतका कमिकमजोरीहरु बाट पाठ सिक्दै सकारात्मक बाटोमा सामुहिक तरिकाले अगाडि बढ्नुपर्ने तामाङको भनाइ थियो ।

कार्यक्रमको अध्यक्षता गरेका पालिका खेलकुद समितिका अध्यक्ष फकिर बहादुर बोहराले रनिङ सिल्ड भरि सबै खेल विवादरहित अनुशासनपूर्वक खेलाउने र आफ्नो कार्यकालमा साइपालबाट जिल्लामा उत्कृष्ट खेलाडिहरु उत्पादन गर्न लागिपर्ने बताएका थिए।

आज पहिलो दिनमा जम्मा दशवटा खेलहरु सम्पन्न भएका छन् । तीनवटा माध्यामिक विध्यालय रहेको साइपाल गाउँपालिकामा धलौन मावि, काँडा मा.वि र धुली मा.विको सहभागिता रहेको थियो ।  

आजको खेलमा धुली मा.विले ६ वटा स्वर्ण लिएको छ भने १ रजत र ३ कास्य पदक लिएको छ । यता काँडा मा.विले ३ स्वर्ण, ५ रजत र २ कास्य पदक जितेको छ । यसैगरि, धलौन मा.विले १ स्वर्ण, ४ रजत र ३ कास्यपदक लिन सफल रहेको छ ।

राष्ट्रपति रनिङ सिल्ड फागुन १४ गतेसम्म सुचारु रहने आयोजकले बताएका छन् । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट