Techie IT
२०८३ असार २३, मंगलबार

विभिन्न आन्दोलनमा तोडफोड गरिएका नेपालगञ्जका सालिक उपमहानगरद्वारा पुनर्निर्माण


विभिन्न राजनीतिक तथा सामाजिक आन्दोलनका क्रममा तोडफोड गरी ढालिएका नेपालगञ्जका ऐतिहासिक सालिकहरूको पुनर्निर्माण तथा पुनःस्थापना गरिएको छ। दोस्रो जनआन्दोलन (२०६२–६३) देखि गत वर्ष भदौमा भएको 'जेनजी' (Gen Z) आन्दोलनका क्रममा क्षतिग्रस्त बनेका विभिन्न ऐतिहासिक व्यक्तित्व र नेताहरूका सालिक नेपालगञ्ज उपमहानगरपालिकाको संयोजनमा पुनर्निर्माण गरिएको हो।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले नगरभित्र तोडफोड भएका सबै ऐतिहासिक सालिकहरूको पुनर्निर्माण कार्य सम्पन्न भएको जानकारी दिए। उनका अनुसार दुई दशकअघि दोस्रो जनआन्दोलनका क्रममा भत्काइएको धम्बोझी चोकस्थित तत्कालीन राजा वीरेन्द्रको सालिकदेखि हालैका आन्दोलनमा तोडफोड भएका गणेशमान सिंह, बीपी कोइराला, पुष्पलाल श्रेष्ठ र शहीद सेतु विकका सालिकहरू पुनर्निर्माण गरी आ-आफ्नो चोकमा पुनःस्थापना गरिएको छ।

सालिक निर्माणसँगै ती चोकहरूको 'फाउन्डेसन' (आधारस्तम्भ) समेत पुनर्निर्माण गरिएकाले अहिले नेपालगञ्जका चोकहरू निकै आकर्षक देखिन थालेका छन्। नगरप्रमुख विष्टले पुनर्निर्माण गरिएका यी सालिकहरूको केही दिनभित्रै औपचारिक रूपमा शुभारम्भ गरिने बताएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट