Techie IT
२०८२ श्रावण ३१, शनिबार

हरिपुरवामा अज्ञात समूहले गोली प्रहार गरी एक शिक्षकको हत्या


सर्लाहीको हरिपुरवामा अज्ञात समूहले गोली प्रहार गरी एक शिक्षकको हत्या गरेको छ।

हरिपुर्वा नगरपालिका–६ का करिब ५० वर्षीय रामपुकार यादवमाथि सोमबार राति साढे ८ बजेतिर मोटरसाइकलमा आएका हतियारधारीहरूले गोली प्रहार गरेका थिए।

सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी सरोज राईका अनुसार, गम्भीर घाइते भएका यादवलाई उपचारका लागि महोत्तरीको रामगोपालपुरस्थित जानकी एकेडेमिक हस्पिटल ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको थियो।

अस्पताल पुग्दा यादवको मृत्यु भइसकेको हस्पिटलका सञ्चालक डा. सुरेन्द्र यादवले पुष्टि गरेका थिए । डीएसपी राईका अनुसार, गोली प्रहारपछि भाग्ने क्रममा उनी दुर्घटनामा पनि परेको बुझिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट