Techie IT
२०८२ पौष ७, सोमबार

मधेस प्रदेशमा नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने समय अपराह्न ४ बजेसम्म


मधेस प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्न आज (बुधबार, असोज २९) अपराह्न ४ बजेसम्मको समय तोकिएको छ।

यसअघिका मुख्यमन्त्री सतीशकुमार सिंहले मंगलबार पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेकी हुन्।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम, प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यले दाबी पेस गर्न सक्ने व्यवस्था छ।

प्रदेश सचिवालयका निमित्त सचिव शत्रुधन यादवले जारी गरेको विज्ञप्तिमा अनुसार, ‘संविधानको धारा १६८ को उपधारा (२) बमोजिम, प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई असोज २९ गते बुधबार दिउँसो ४ बजेभित्र दाबी पेस गर्न अनुरोध गरिएको छ।’

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट